जनकपुर । आफ्नै जिउँदै श्रीमानको मृत्यू दर्ता बनाएर उनकै श्रीमतिले सबै सम्पतिमाथिक कब्जा गरेको घटना बाहिर आएको छ ।प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामदेखि केही दुरीमा रहेको धनुषाको औरही गाउँपालिकाको यो घटना हो । औरही गाउँपालिका वडा नम्बर ६ चक्कर भन्ने गाउँको यो घटनाले गाउँवासी पनि आश्र्यचकित छन् ।
औरही गाउँपालिका वडा नम्बर ६ चक्कर बस्ने स्थानीय अली अक्बर मन्सुर जिउँदै हुँदा पनि उनकी श्रीमतिले उनको मृत्यूदर्ता बनाएर सबै सम्पतिमा कब्जा गरेको बताईएको छ ।करिब २० बर्षअघि नै गाउँबाट भागेर अन्यत्र बस्दै आएका मन्सुरले भारतमा पनि बिहे गरेका छन् । उनको पहिलो श्रीमति जसले जमिनमाथि कब्जा गरेकी हुन उनको पनि पाँच वटा छोराछोरी रहेको छ ।
मन्सुर केही दिन अघि वैदेशिक रोजगारीबाट आएका हुन् र उनी आफूसँगै अर्की श्रीमति पनि ल्याएका छन् । जसको ६ वटा बालबच्चा पनि रहेको बताइएको छ ।बिहे बच्चा भएपछि कमाउन भन्दै करिब २० बर्षअघि नै गाउँबाट भागेको उनकी श्रीमतिलाई उदृत गर्दै ईलाका प्रहरी कार्यालय औरहीले जनाएको छ । यद्यपी, प्रहरीमा यसको बारेमा अधिकारीक कुनै निवेदन नपरेको जनाइएको छ ।प्रथम श्रीमतिले मन्सुर केही बर्ष नआएपछि उनको मृत्यूदर्ता बनाएर मन्सुरका भाईसँग अँशबण्डा गरी जमिन लिएको बताइएको छ ।स्थानीय हदिश मियाँको छोरा रहेको मन्सुरको पहिलो श्रीमति मैमुन खातुनले गत २०६२ सालमै उनको मृत्यू भएको भनेर मृत्यूदर्ता बनाएर जग्गा जमिन लिएको बताइएको छ ।यता, मन्सुरको नागरिकता बनेको अनुसार उनको नागरिकता गत विं.सं. २०६३ साल भन्दाअघि नै बनेको देखिएको छ । जस अनुसार उनी गाउँबाट भागेको २० बर्ष भएको र उनी निरन्तर नआएपछि उनको नाममा मृत्यूदर्ता बनाएको बुझिएको छ ।
उनका भाईहरुका अनुसार, मन्सुर गाउँबाट कमाईधमाई गर्नको लागि भारत गएको र बीच बीचमा गाउँ आउने गरेको भएपनि उनकी श्रीमति मैमुनले उनको मृत्यूदर्ता बनाएको आरोप पनि लगाएका छन् ।यता, सो सन्दर्भमा वडा नम्बर ६ का वडाध्यक्ष दिलिप साहसँग बुझन खोज्दा उनीसँग मोबाईलमा सम्पर्क हुन सकेनन् ।-स्रोत न्युज ब्युरो