महोत्तरी। सप्तरी जिल्लाको राजविराजमा रहेको छिन्नमस्ता अस्पतालमा एक महिलाले तिम्ल्याहा बच्चा (छोरा) लाई जन्म दिएकी छिन् ।
छिन्नमस्ता गाउंपालिकाको गोविन्दपुरकी २२ वर्षिया मनिता देवी सदाले तिम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् ।
शुक्रबार भर्ना भएकी ती महिलाको शनिबार शल्यक्रिया मार्फत बच्चालाई जन्म दिएको उपचारमा संलग्न डा. सन्तोष झाले जानकारी दिए ।
डा. झाले भने “शल्यक्रियामार्फत पहिलो पटक यस अस्पतालमा तिम्ल्याहा बच्चाको जन्म भएको हो, ।” उनले थपे, “तीनै बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।” डा. झाले तीनै बच्चा र आमालाई केही दिन अस्पतालकै निगरानीमा राखिने अनि मात्र डिस्चार्ज गरिने जानकारी समेत दिए ।