महोत्तरी। महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ७ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले ७ लाख नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका ८ का २१ बर्षिय तुलसी साह रहेका छन् । साहलाई सशस्त्र प्रहरीले पुस २ गते नै स्रोत नखुलेको रुपैयाँसहित पक्राउ गरेपनि सार्वजनिक गरेको थिए ।
भारबाट नेपालतर्फ आउँदै गरेका साहले उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीले पक्राउ गरेको बताइएको छ । उनी हुण्डी कारोबारी रहेको प्रहरीको दावी छ ।




