काठमाडौँ - नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत १३ पदाधिकारीको परिणाम आइसकेको छ । अहिलेसम्म सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीको मतगणनाको अन्तिम परिणाम आइसकेको छ ।
काँग्रेसको पदाधिकारीको परिणाम हेर्दा सभापतिमा निर्वाचित शेरबहादुर देउवाकै बहुमत देखिएको छ । देउवा समुहबाट पदाधिकारीमा ७ जना निर्वाचित भएका छन् भने कोइराला समुहबाट ५ जना विजयी भएका छन् । त्यस्तै सिटौला र प्रकाशमान समुहबाट एक एक जना विजयी भएका छन् ।
देउवा समुहले सभापतिसहित, एक उपसभापति र ५ सहमहामन्त्रीमा जित हासिल गरेको छ । त्यस्तै डा. शेखर कोइराला समुहले एक उपसभापति, एक महामन्त्री र दुइ सहमहामन्त्री पद जितेको छ । त्यस्तै प्रकाशमान सिंह समुहका एक महामन्त्री विजयी भएका छन् । त्यस्तै सिटौला पक्षबाट एक सहमहामन्त्री विजयी भएका छन् । काँग्रेसको पदाधिकारीमा कोषाध्यक्षमा सभापतिको सिफारिसमा मनोनित हुने व्यवस्था रहेको छ ।
निर्वाचित पदाधिकारी :
१) सभापति: शेरबहादुर देउवा (१) २) उपसभापति: पूर्णबहादुर खडका, धनराज गुरुङ (२) ३) महामन्त्री: गगन थापा, विश्वप्रकाश शर्मा (२) ४) सहमहामन्त्री (८) : क) महिलाबाट महालक्ष्मी उपाध्याय 'डीना' (देउवा समुह) ख) आदिवासी जनजातीबाट भीष्मराज आङदेम्बे (देउवा समुह) ग) खस आर्यबाट किशोरसिंह राठौर (देउवा पक्ष) घ) मुस्लिमबाट फर्मुल्लाह मन्सुर (देउवा पक्ष) ङ) मधेशीबाट महेन्द्र यादव (देउवा पक्ष) च) पिछडिएको क्षेत्रबाट बद्री पाण्डे (कोइराला पक्ष) छ) दलितबाट जीवन परियार (कोइराला पक्ष) ज) थारुबाट उमाकान्त चौधरी (सिटौला पक्ष)
निर्वाचित खुलातर्फका केन्द्रीय सदस्य : ३५ जना
काँग्रेसको खुला केन्द्रीय सदस्य ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिएका थिए । खुला तर्फको केन्द्रीय सदस्यमा डा.शशांक कोइराला सर्वाधिक मतसहित निर्वाचित भएका छन् ।
१) डा. शशांक कोइराला २) एनपी साउद ३) बालकृष्ण खाण ४) उदयशमशेर राणा ५) रामहरी खतिवडा ६) रमेश लेखक ७) ज्ञानेन्द्रबहादुर कार्की ८) शंकर भण्डारी ९) जिपछिरिङ लामा १०) अर्जुननरसिंह केसी ११) गोपालमान श्रेष्ठ १२) जितजंग बस्नेत १३) नैनसिंह महर १४) सुनीलबहादुर थापा १५) डा. रामशरण महत १६) दिलेन्द्रप्रसाद बडु १७) मोहनबहादुर बस्नेत १८) बलबहादुर केसी १९) गोविन्द भट्टराई २०) कुन्दनराज काफ्ले २१) दीपक गिरी २२) सुरेन्द्रराज पाण्डे २३) पद्मनारायण चौधरी २४) गुरु बराल २५) डा. गोविन्दराज पोखरेल २६) राजीव ढुंगाना २७) सञ्जयकुमार गौतम २८) दिनेश कोइराला २९) मदनबहादुर अमात्य ३०) अजयबाबु शिवाकोटी ३१) उमेशजंग रायामाझी ३२) गणेश लामा ३३) कृष्णकिशोर घिमिरे ३४) डा.गोपाल दहित ३५) मोहन आचार्य
देउवा पक्षको बर्चश्व :
कांग्रेसको खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षले कब्जा जमाएको छ । ३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यमा २५ जना देउवा पक्षबाट विजयी भएका छन् भने सभापतिमा पराजित शेखर कोइराला पक्षबाट ९ जनाले जित हात पारेका छन् । शशांक कोइराला भने देउवा र शेखर दुवै पक्षमा थिए ।
निर्वाचित महिलातर्फका केन्द्रीय सदस्य : ९ जना
त्यस्तै कांग्रेसको महिलातर्फको केन्द्रीय सदस्यमा ९ जना निर्वाचित भएका छन् । जसमा ८ जना देउवा पक्षका छन् भने एक जना कोइराला पक्षका रहेका छन् ।
निर्वाचित हुनेमा क्रमशः
१) डा.डिला संग्रौला पन्त स् २८८५ २) पुष्प भुसालः २७१८ ३) डा.आरजु राणा देउवाः २५३६ ४) अम्बिका बस्नेतः २३३९ ५) ईश्वरी न्यौपानेः २२५९ ६) सरिता प्रसाईः २०९६ ७) रमा कोइरला पौडेलः १८५८ ८) शुशिला ढकाल आचार्यः १८०४ ९) रङंमती शाहीः १७८९
कांग्रेसको अपाङ्गतातर्फको केन्द्रीय सदस्य: १ जना
कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य अपाङ्गता भएका (खुला) एक पदमा मदनकृष्ण श्रेष्ठ निर्वाचित भएका छन् । समितिका अनुसार अपाङ्गतातर्फ १२ उम्मेदवार प्रतिस्पर्धामा थिए ।
काँग्रेसको अल्पसंख्यकतर्फ केन्द्रीय सदस्य: एक जना
कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत अल्पसंख्यकतर्फ प्रदीप कुमार सुनुवार केन्द्रीय सदस्य निर्वाचित भएका छन् । सोमबार सम्पन्न अन्तिम मतपरिणाम अनुसार सुनुवारले २१७१ मत ल्याएर विजयी भएका हुन् ।
मधेसीतर्फका केन्द्रीय सदस्य : ५ जना
काँग्रेसको मधेसीतर्फको केन्द्रिय सदस्यमा ४ जना देउवा पक्षका र एक जना कोइराला पक्षबाट विजयी भएका छन् । ५ केन्द्रीय सदस्यका लागि २३ जना उम्मेदवार रहेका थिए ।
१) अजय चौरासिया २) विनोद चौधरी ३) दिनेश कुमार यादव ४) महेन्द्रकुमार राय ५) चन्द्रमोहन यादव
कांग्रेसको प्रदेश २ बाट एक महिला सहित ३ जना
प्रदेश २ बाट एक जना महिला केन्द्रीय सदस्यका लागि गरिएको मतगणनामा चित्रलेखा यादव निर्वाचित भएकी हुन् । यसअघि नै प्रदेश २ को भूगोलतर्फ पुरुषमा देउवा पक्षका आनन्द ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका थिए । विजयी भएका तिनै जना देउवा पक्षका हुन् ।
मधेशी महिलातर्फ चार केन्द्रीय सदस्य निर्वाचित
नेपाली काँग्रेसको मधेशी महिलातर्फ चार जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार मुक्ताकुमारी यादव तीन हजार ९६९, मिनाक्षी झा तीन हजार १२, मञ्जुकुमारी यादव दुई हजार ८८३ र नागिना यादव दुई हजार ८४६ मत ल्याएर विजयी भएको समितिले जनाएको छ ।