जनकपुरधाम- नेपाली काँग्रेसको १४ औँ महाअधिवेशन अन्तर्गत प्रदेश २ मा सम्पन्न भएको मतगणनामा प्रदेश समितिको कार्यसमितिमा संस्थापन पक्षको वर्चस्व देखिएको छ।
सोमवार सम्पन्न भएको मतगणनामा संस्थापन इतर पक्षका दुई जना प्रदेश सदस्य पदमा निर्वाचित भएका छन् । ७२ जनाको कार्यसमिति मध्ये संस्थापन पक्षबाट आठ पदाधिकारी सहित पाँच जना सदस्य यसअघि, नै निर्विरोध निर्वाचित भएका थिए ।
बाँकी रहेको ६७ प्रदेश कार्यसमिति मध्ये २ जना निधि कोइराला पक्षका प्रदेश सदस्य पदमा निर्वाचित भएका छन् भने बाँकी रहेका ६५ कार्यसमितिमा संस्थापन पक्षका उम्मेदवारहरू विजयी भएका छन्।
यसअघि नै सभापति सहित दुई उपसभापति, दुई महामन्त्री, दुई खुल्ला सह-महामन्त्री तथा १ महिला सह-महामन्त्री पदमा संस्थापन पक्षले विजयी भइ सकेका छन् ।