बर्दिबास । महोत्तरीको बर्दिबासमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले खाता खोलेका छन् ।
एमालेबाट उम्मेदवारी दिएका धिरेन्द्र कुमार सिंह(श्याम राजा)ले ५७८ मत प्राप्त गरी विजयी भएका छन् ।



उनको निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चोला राज प्याकुरेलले ४५२ मत प्राप्त गरेका छन् ।
बर्दिबास नगरपालिकामा वडा. नं. १, २, ७, ८, १३ र १४ को मतगणना सम्पन्न भएको छ ।




