महोत्तरी।किसानलाई सहज रुपमा मलखाद उपलब्ध हुनुपर्नेलगायतका माग राखेर जनमत पार्टी प्रदेश २ का ६ जिल्लामा चक्काजामको घोषणा गरेको छ । सिरहामा भने चार दिन अगाडीदेखि चक्काजाम यथावत राखेको हो ।
माग सम्बोधन गर्न सरकारले मन्त्रीस्तरीय/ उच्चस्तरीय वार्ता टोली गठन नगरेको भन्दै जनमत पार्टीले आन्दोलन मधेसभर फैलाउन लागेको छ ।



आज सिरहा, सप्तरी, धनुषा, सर्लाही, रौतहट र बारा जिल्लामा चक्काजाम गरेको जनमत पार्टीले जनाएको छ ।चक्काजामको उल्लघंन गर्नेलाई कारबाही भए सोको जिम्मेबार स्वयं हुनुपर्ने जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउतको सचिवालयको आधिकारिक फेसबुक पेजबाट चेतावनी दिइएको छ ।
आन्दोलनले जनजीवन प्रभावित बनेपनि प्रदेश र संघीय सरकार मौन छ ।




