महेन्द्रनगर- नेपाली कांग्रेसले धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाकाे सबै वडाहरु चुनावी घरदैलो अभियानसंगै चुनावी प्रचार प्रसार कार्यक्रमलाई तिब्रता दिएको छ ।
सोहि अभियान अन्तर्गत आज वडा नं ८ ले आफ्नो चुनावी घरदैलो अभियान सुरु गरेको छ। वैशाख ३० गते हुने स्थानिय तह निर्वाचन नजिकीएसंगै नेपाली कांग्रेस वडा नं ८ ले चुनावी घरदैलो अभियानसंगै चुनावी प्रचार प्रसार कार्यक्रमलाई तिब्रता दिएको हो । कांग्रेस वडा नं ८ ले दिगम्वरपुर देखि सितानगर, इच्छापुर र देवकोटोल सम्म घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा क्षिरेश्वरनाथ नगरपालिकाको लागि मेयर पदको उमेदवार योगेन्द्र पजियार, उपमेयर पदका उमेदवार रचना माथेमा र वडा नं ८ का वडा अध्यक्षका उम्मेदवार मोद कुमार महतो (मोदी)ले मतदाता सामु आफू लगायत आफ्नो टिमलाई अमुल्य मत दिई जिताउन आग्रह गरे ।सो अवसरमा वडा नं ८ का उम्मेदवारहरुले वडामा महिला, बालबालिका, जेष्ठ नागरिक, अशक्त, दलित लछित थुप्रै कामहरु लगायत विकास पुर्वाधारको काम बाटो निर्माण बनाउने काम गर्न बांकी रहेकाले बिना दवाव बिना रोकटोक ती कार्यलाई व्यविस्थत तवरले सम्पन्न गर्नका लागि एउटा व्यक्तिको प्रयासले मात्र सम्भव नहुने भएकाले पनि पुरै टिमलाई नै भोट दिएर जिताउन ८ नम्बर वडावासी मतदाताहरुलाई अनुरोध गरेका छन् ।
क्षिरेश्वरनाथ नगरपालिका ८ मा वडा अध्यक्षमा मोद कुमार महतो (मोदी) सहित महिला सदस्यमा राम कली देवी महतो, दलित महिला सदस्यमा तप्सी कुमारी महरा, खुल्ला सदस्यमा मिथिलेश महतो र जग वहादुर हेन्जन रहेका छन्।