जनकपुरधाम- मल र गहुँको बीउको माग गर्दै कृषकहरुले धनुषाको कमला नगरपालिकाका आज तालाबन्दी गरेका छन् ।
मल र गहुँको बीउको व्यवस्था गर्नुपर्ने माग गर्दै बिहीबार स्थानीय कृषकहरुले नगरपालिकाको मूल ढोकामा ताल्चा लगाएका हुन् ।
कृषकहरुले मल र बिउ नपाएले आफूहरू डा. सिके राउतको किसान आन्दोलनबाट प्रभावित भएर कमला नगरपालिकामा तालाबन्दी गरेको नटवरलाल भनिने स्थानीय नेता जुक्तिराम रान यादवले बताए।
कमला नगरपालिकाका मेयर राम उदगार गोइतले पार्टीको विशेष बैठकका कारण करिब एक महिनादेखि बाहिर रहेको दाबी गरेका छन् । मेयर गोइतले आफू काम विशेषले बाहिर रहेको र आइतबार कार्यालय पुग्ने बताए ।
यसअघि उपभोक्ता समितिले विकास निर्माणको काम गर्दा राखिएको धरौटी फिर्ताको माग गर्दै बुधबार नगरपालिकामा तालाबन्दी गरेका थिए ।