महोत्तरी।जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा साविक गौशाला गा.वि.स.अध्यक्ष लक्ष्मी महतोले जाडोबाट बच्नको लागि विपन्न गरिबलाई न्यानाे अभियान अन्तर्गत कम्बल वितरण गरेका छन् ।
महताे श्रीमान् श्रीमान द्वारा व्यक्तिगत रुपमा कम्बल वितरण गरेका छन्। अंग्रेजी नयाँ वर्ष जनवरी फस्टकाे उपलक्ष्यमा आज विहान चियापान कार्यक्रमको आयोजना गरी गौशाला नगरपालिका वडा नं. २ निगौलका १६०० सय घरधुरी पर्ने निगौलटोला, कुरेशटोल, बेचनटोल, रेडक्रसटोल, मुसलिमटोल, गोटनिगौल, हरसवाटोला, निगौलठाकुर पोखरीटोल, सुन्दरटोलका बृद्धबृद्धा, गरीब, विपन्न, असहाय, विधुवा, अपाङ्ग तथा पिछिडीका समुदायका ११०० सय जनालाई वितरण गरेका छन् ।
सोहि अवसरमा ईलाका प्रहरी कार्यालय गौशालामा थुनुवाको लागि समेत पाँचवटा कम्बल प्रहरी निरीक्षक विष्णु प्रदिप वस्याललाई हस्ताणतरण गरेका थिए ।जाडोयाममा बृद्धबृद्धा, गरीब, विपन्न, असहाय, विधुवा, अपाङ्ग तथा पिछिडीका समुदायलाई जाडोबाट बचाउन न्यानो कम्बल वितरण गरिएको महताेले शिरीष न्युजलाई जनाए ।
सो कार्यक्रममा कुमरकान्त झा, सुरेन्द्र महतो, ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदिप वस्याल, मनोज झा, संजीव चौधरी, श्याम महतो, निगौल मा.वि.का प्र.अ. जितेन्द्र कुशवाहा, पत्रकार, समाजसेवी, भरभलादमी समेत उपस्थित रहेका थिए ।




