धनुषा- गणेशमान चारनाथ नगरपालिका–५ सखवोनी क्वाशे टोलमा बस्ने पत्रकार सुरेश कुमार यादवको घरमा अज्ञात व्यक्ति/ समूहले पुस २० गते आगजनी गरेको छ ।




आगजनीले काठ , माटो र जस्ताको छानाले छाएको घर पूर्ण रुपमा जलेर नष्ट भएको पीडित पत्रकार सुरेश कुमार यादवले जनाएकाे छ ।
पीडित पत्रकार सुरेश यादवले भने, ‘ पुस १९ गतेदेखि आमा विरामी हुनु भएर जनकपुरमा उपचार गराई रहेको थिएँ, आमालाई थप उपचारको लागि चितवन लैजाने तयारीमा रहेको वेला विहानै घरमा कसैले आगजनी गरेर घर जलेर नष्ट भएको थाहा पाएँ ।’
आगजनीको क्रममा शुभ श्री बचत तथा ऋण सहकारी संस्थाबाट कर्जा लिएको २ लाख ८५ हजार रुपैयाँ नगद, काठको दराज, एक सेट सोफा, पलङ, ओढ्ने–ओछ्याउने सहित सम्पूर्ण लत्ताकपडा, आमाको कानमा लाउने झुम्का, टप र दाल, चामल समेत सम्पूर्ण घरायसी प्रयोगका सरसामान गरि करिव १५ लाख रुपैया बरावरको समान जलेर खरानी भएको पीडित पत्रकार सुरेश यादवले जानकारी दिए ।

घटनाबारे इलाका प्रहरी कार्यालय ढल्केवर र जिल्ला प्रहरी कार्यालय धनुषालाई जानकारी गराएको र प्रहरीको टोली घटना स्थलमा आएर मुचुल्का गरेको स्थानिय समाजसेवी मिथिला साहले बताए। उनले पत्रकार यादव विगत एक वर्षदेखि सवैला नगरपालिकामा भई रहेको भ्रष्टाचारबारे जनतालाई जागरुक्क गराउँदै भण्डाफोर अभियान र सुचना माग गर्दै सवैला नगरपालिकाको करिव दुई महिना धर्नामा बसेकाेले यस घटनाको पछाडी पक्कै केहि षडयन्त्र भएको आशंका व्यक्त गरे ।
स्थानिय पत्रकार मनोज पासमानले शितलहरको समयमा अज्ञात व्यक्तिले बस्ने घरमा आगजनी गर्नु निकै दुःखद घटना भएको बताउँदै घटनाको सही तथ्य छानविन गरि दोषी उपर कडा कारवाही गर्नुपर्ने माग गरे ।
पीडित पत्रकार यादवले आफ्नो समाजिक संजाल फेसबुक यसरी दुख पोखेका छन् । हेर्नुहोस् ।
https://www.facebook.com/suresh.yadav.142240/posts/6619503728120000




