
मलंगवा : सर्लाहीको ब्रह्मपुरीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ।
पोखरीमा डुबेर ब्रह्मपुरी गाउँपालिका–२ निवासी सन्जय साहका ६ वर्षीय छोरा अंकितको मृत्यु भएको हो।
प्रहरीका अनुसार शनिबार बिहान ९ बजेतिर घर नजिकै रहेको पोखरीमा नुहाउन भनी घरबाट निस्किएका उनको डुबेर मृत्यु भएको हो।
बालकको शव गाउँलेले पानीबाट निकालेर पोखरीमा डिलमा राखिरहेको भन्ने सूचना पाएपछि प्रहरी चौकी ब्रहमपुरीबाट खटिएको टोलीले घटनास्थल पुगेको थियो। घटनाको प्रकृति मुचुल्का गरी बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ।
घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।