धनुषा- प्रदेश २मा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको छ ।
यश प्रदेश मा दुई सिटका लागि हुने निर्वाचनका लागि मंगलबार जनकपुर स्थित प्रदेश निर्वाचन कार्यालयमा ६ जनाका उम्मेदवारी परेको हो।
उम्मेदवारी दिनेहरूमा पाँच दलीय गठबन्धनबाट सिरहाका खालिद सिद्धिकी र पर्साकी उर्मिला अर्यालले उम्मेदवारी दर्ता गराउनुभएको छ।
खालिद जनता समाजवादी पार्टी (जसपा) नेपालका हुन् भने अर्याल माओवादी केन्द्रबाट उम्मेदवार बन्नु भएको हो।सत्तारूढ दलहरूले गठबन्धन बनाए पनि प्रमुख प्रतिपक्षी एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले छुट्टाछुट्टै उमेदवार खडा गरेका छन् ।
लोसापाबाट सप्तरीका श्याम सुन्दर सरदार र महोत्तरीकी रूपा यादवले उमेदवारी दर्ता गराउनुभएको हो।
सरदार प्रदेश सरकारले गठन गरेको दलित विकास समितिको सदस्य समेत हुनुहुन्छ।
यसैगरी एमालेबाट रौतहटकी विना साह र पर्साका उसमान अन्सारीले उमेदवारी दिनुभएको हो ।
एमाले केन्द्रीय कार्यालयले धनुषाका असर्फी भिनवारको नाम सार्वजनिक गरेपनि अन्तिम समयमा उहाँको ठाउँमा उसमानलाई उम्मेदवार बनाईएको हो
सत्तारुढ गठबन्धन, प्रमुख प्रतिपक्षी नेकपा एमाले र विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच प्रतिस्पर्धा हुन लागेको हो ।
प्रदेश सभामा सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) का ३९ सांसद छ । नेपाली कांग्रेसको १९ सांसद हुँदा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का १६ सांसद छ । नेकपा एकीकृत समाजवादीका १३ सांसद यो प्रदेशमा छ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रका ८/८ जना सांसद हुँदा नेपाल संघीय समाजवादी पार्टीका एक जना सांसद रहेको छ।