जनकपुरधाम। चिसो र शीतलहरले धनुषा र सप्तरीमा एकएक जनाको ज्यान गएको छ। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ की ६० बर्सिया समुद्रदेवी यादव र सप्तरीको महादेव गाउँपालिका–४ का ६५ वर्षीय देवनारायण ठाकुरको कठ्याङ्ग्रिएर ज्यान गएको हो।
यादवको जनकपुरधाममा रहेको प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला समन्वय समितिका प्रमुख रामदेव बनरैत यादवले जानकारी दिए।चिसो र शीतलहरले जनजीवन कष्टकर बन्दै गएपछि धनुषाका चार पालिकाले विद्यालयमा बिदा दिएका छन् ।
क्षिरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका, मुखियापट्टी गाउँपालिका र लक्ष्मीनियाँ गाउँपालिकाले विद्यालय बन्द गरेको जनाएका छन् ।