
महोत्तरी । सर्लाहीको बरहथवामा शंकास्पद अवस्थामा एक महिलाको शव फेला परेको छ।
बरहथवा नगरपालिका-१०, का सुरत रामकी श्रीमती अन्दाजी ३२ वर्षीया सावित्री देवी राम कटानीस्थित बरहथवा नगरपालिका-७, बस्ने राम छबिला साहको उखुबारी भित्र मृत अवस्थामा शुक्रवार ( आज)फेला परेको सर्लाहीप्रहरीले जनाएको छ।घटना शंकास्पद देखिएकाले अनुसन्धान प्रक्रिया अघि बढाइएको सर्लाही प्रहरी प्रवक्ता डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।
मृतक महिलाको शरीरका विभिन्न भाग जलेको र उनको शरीरमा कुनै पनि कपडा समेत नरहेको अवस्थामा पाइएको पाइएको प्रत्यक्षदर्शीले बताएका छन्।मृतक महिलाको शव पोष्टमार्टमका लागि शुक्रवार दिउँसो जिल्ला अस्पताल मलंगवा लगिएको छ ।
शुक्रवार बिहान उखुबारी भित्र महिलाको शव देखेपछि स्थानीयवासीले प्रहरीमा खबर गरेका थिए। मृतक महिला अंग्रेजी नयाँ वर्षको दिन गएको पुस १७ गते शनिबारदेखि नै घरबाट बेपत्ता भएको परिवारका स्रोतले जनाएको छ ।मृतक महिलाका श्रीमान सुरत राम अहिले वैदेशिक रोजगारीको शिलशिलामा कतारमा रहेका छन्।