
प्रतिनिधिसभा निर्वाचको लागि नेपाली काँगे्रसका महामन्त्री गगन थापाको नाम कास्की जिल्लाबाट सिफारिस भएको थियो ।
मिडीयावाजी यति भयो की महामन्त्री थापाले आफ्नो फेसुबुकमा लेखेका थिए, ‘मैले काठमाण्डौ निर्वाचन क्षेत्र नं. ४ बाट नै उम्मेदवारीको तयारी गरिरहेको छु र स्वाभाविक रुपमा म उम्मेदवार हुने यहीँबाट नै हो ।’
केही समय पश्चात जब सर्लाही क्षेत्र नं. ४ बाट समेत गगन थापाको नाम सिफारिस भयो । तर काठमाण्डौ ४ बाट नै चुनाब लड्ने निधो गरेका थापालाई सर्लाही क्षेत्र नं. ४ मा सृजना भएको आन्तरिक द्वन्द्वको सिकार बनाउन जिल्ला नेतृत्व लागेको तथ्य बिदितै छ । अमरेश कुमार सिंह लगातार तीन पटक देखि जित्दै आएको क्षेत्र हो सर्लाही ४ ।
स्रोतका अनुसार अहिले माओवादीका अध्यक्ष पुष्पकमल दहाल र शेरबहादुर देउवालाई बालुवाटारमा बसाएर आफू सर्लाही ४ बाट नै लड्ने हो । तपाईँहरुले सहयोग चाहियो भनी आग्रह गरिरहेका छन् । प्रश्न आउँछ काठमाण्डौ बाट नै निर्वाचन लड्ने भनि आफ्ना आधिकारिक फेसबुक मार्फत जानकारी गराउने थापा सर्लाही किन आउन खोजेका छन् ? सर्लाहीबाट चुनाव लड्दा थापाको भावी राजनीतिक यात्रा कती फलदायी हुनसक्छ ?
काँगे्रस महामन्त्री गगन थापाले आफूलाई आउँदो प्रधानमन्त्रीको रुपमा प्रोजेक्ट गर्दा सम्पूणर् देशको नजर काठमाण्डौ-४ मा जाने नै भयो । मिडिया हाउस देखि निर्वाचन सर्भेयरहरुको लागि पनि गगन थापाको क्षेत्र एउटा प्रयोगशाला सरह नै हुनेभयो ।
महामन्त्री थापा काठमाण्डौमा चुनाव लड्न किन हिँचकिचाउन थाले त? बैसाख ३० मा भएको स्थानीय निर्वाचको बेला थापाको निर्वाचन क्षेत्रमा बूढानिलकण्ठ नगरपालिकाका ८ वटा वडा र काठमाण्डौ महानगरपालिकाका ४ वटा वडा पर्दछन् । यी सवै वडाको वडा अध्यक्ष एमालेले जितेको छ । यस्तै बूढानीलकण्ठको मेयर र यपमेयरमा पनि एमाले विजयी भएको छ । समग्रमा भन्दा, थापाको निर्वाचन क्षेत्रमा पर्ने स्थानीय निकायमा एमालेको लाल झण्डा फहराएको छ । अर्को, एमालेका राजन भट्टराइको लोकप्रियता समेत बढेको छ । त्यसैगरि मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मा गगन थापाले खेलेको भूमिका पछि काठमाण्डौका जनतामाझ थापाको लोकप्रियतामा ह्रास आएको छ । एमसीसी गलत थियो वा सही त्यो दलगतरुपमा फरक देखिएता पनि गगन थापालाई राष्ट्रवादसँग दाँजेर राष्ट्रबिरोधी सम्झौताका कालिगरकोरुपमा चित्रित गर्न एमाले सफल भएको देखिन्छ ।
गगन थापा काठमाण्डौ छाडेर सर्लाही झर्दा उनको राजनीतिक लागानी माथि प्रश्न चिन्ह खडा हुनेछ । प्रश्न उठ्ने छ, आफ्नै साबिक निर्वाचन क्षेत्रले पत्याउन खोजेका थापामाथि देशले कसरी विश्वास गर्ने ? थापा सर्लाही आउन साथ चुनाव जिती नै हाल्छ भनि ठोकुवा छैन् ।
इश्र्याले भरिपूणर् जिल्ला नेतृत्वको पकड मासमा कस्तो छ ? जातियता र क्षेत्रियताले भरिएको सर्लाही क्षेत्र नं. ४ मा आउनुभन्दा पहिला महामन्त्री थापाले गम्भिरता पूर्वक सोँच्ने नै छन् ।