काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा आजदेखि आइसोलेशनमा बसेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवाको कोरोना परीक्षण भोलि गर्ने तयारी छ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री देउवा आइसोलेशनमा बसेका हुन्। दुई दिनअघि बालुवाटारमा भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रधानमन्त्री देउवा प्रचण्डसँगै सहभागी भएका थिए।
प्रचण्डमा कोरोना पुष्टि भएपछि प्रधानमन्त्री देउवासहित सत्ता गठबन्धनका शीर्ष नेतासमेत कन्ट्याक्ट ट्रेसिङमा परेका छन्। माओवादीमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेताहरू हरिबोल गजुरेल, मातृका यादव, डोरप्रसाद उपाध्याय, रामप्रसाद सापकोटा, रमेश मल्ललगायतमा कोरोनाको संक्रमण पुष्टि भएको छ।




