
वर्दिवास- प्रदेश-२ का पर्यटन बन तथा वातावरण मन्त्री सत्रुधन महतोले नेकपा एमाले केपी ओलीको नभएको जिकिर गरेका छन् ।

आज नेकपा एसको बर्दिबास नगर कार्यसमितिले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेताहरु माधव नेपाल, झलनाथ खनालहरुले रगत पसिना बगाएको पार्टीमा बसेर केपी ओलीले रजाई गरिरहेको उनले आरोप लगाए ।
नेकपा एमाले बिद्रोह गरेर बनेको नेकपा एसले नै युवाहरुको भावना समेट्न सक्ने भन्दै मन्त्री महतोले प्रदेशभरी नै युवाहरुको आकर्षण आफुहरुको पार्टीमा रहेको दावी समेत गरेका छन्।

आजै बर्दिबास नगरपालिका मात्र आज सयौ युवा तथा स्थानिय नेताहरु अन्य पार्टी छाडेर नेकपा एसमा प्रवेश गरे ।

वर्दिवासका युवा अभियन्ता सुदर्शन काफ्ले, राजपाका पुर्व केन्द्रिय प्रचारप्रसार बिभागका सदस्य तथा नेता सन्तोष मणि घिमिरे, व्यवसायी तथा स्वतन्त्र युवा हरि काफ्लेको नेतृत्वमा बर्दिबासका झण्डै सय जना युवाहरु नेकपा एसमा प्रवेश गरेका छन् ।

नव प्रवेशीहरूलाई पार्टी स्थायी कमिटी सद्स्य तथा प्रदेश-२ का पर्यटन, बन तथा वातावरण मन्त्री समेत रहेका नेता सत्रुधन महतोले खादा र टीका लगाएर स्वागत गरेका थिए ।

नवप्रवेशी युवाहरुले एकीकृत समाजवादी पार्टीले आफुहरुलाई एउटा स्थान दिएकोमा खुसी ब्यक्त गरेका छन्। युवाहरुको भावना र योग्यतालाई कदर गर्दै समाजबादिले युवाहरुलाई महत्व दिएको बताउदै सुदर्शन काफ्लेले अब पार्टीलाइ युवाहरुले नै हाक्नुपर्ने बताए ।

पार्टी प्रवेश कार्यक्रममा नै बोल्दै नेकपा एस महोत्तरीका सचिव सोम बहादुर कार्कीले नवधनाढ्यहरुलाई भित्र्याएर केपी ओलीले कम्युनिष्टको सिद्धान्तलाईनै ध्वस्त बनाएको बताए ।
दक्षिणपन्थी र बिसर्जनबादलाई पक्षपोषण गर्ने कोहीपनि कम्युनिष्ट हुन नसक्ने भन्दै केपी ओली अरुले बनाइदिएको पार्टीमा बसेर हैकम चलाइरहेको उनले आरोप लगाए ।
पछिल्लो एक हप्ताभित्र महोत्तरीमा मात्र नेकपा एसमा १ हजार भन्दा युवायुवती प्रवेश गरिसकेको नेकपा एस महोत्तरीले जनाएको छ ।

