महोत्तरी- जलेश्वर स्थित रामानन्द विश्वेश्वर महेन्द्र( राविम ) क्याम्पसका कक्षा १२ का एड लिएर पढ्दै गरेका दश छात्र छात्राले क्याम्पसको लापरवाहीको कारण मौका परीक्षा दिनबाट बन्चित हुनु परेको छ।
परीक्षा दिनबाट बन्चित छात्र छात्राहरुले क्याम्पस प्रसासनले फारम समयमा नपठाईदिदा अव एक वर्षसम्म परीक्षा दिन नपाउने अवस्था आएको बताए।
आईतवार रामगोपालपुर स्थित परीक्षा केन्द्रमा जानलाई प्रवेशपत्र लिन क्याम्पस पुगेका छात्रछात्राले उनको फारम नै नगएको थाहा पाएपछि निरास भएका थिए ।
यता परीक्षा दिनबाट बन्चित आक्रोसित छात्र छात्राहरुले क्याम्पस प्रसासन र परीक्षा शाखामा तालाबन्दी गरेका छन्। उनिहरुले क्याम्पस प्रमुख बलराम पाण्डेय, परीक्षा नियन्त्रक श्रीराम मिश्र र क्याम्पस व्यवस्थापन समिति अध्यक्ष देवेन्द्र चौधरी समेतको राजिनामा मांग गरेका छन् ।झण्डै एक हजार दुईसय भन्दा वढी विद्यार्थी अध्ययनरत सो क्याम्पसमा पहिले पनि विद्यार्थीहरुसंग क्याम्पस प्रसासनले यस्तै खेलवाड गर्ने गरेको आरोप छात्र छात्राहरुले लगाएका छन् । क्याम्पसले नेहा राउत, अम्बिका महरा, अंजु मिश्र, सोनु यादव र अमृता मण्डल सहित दश जना छात्रछात्राको फारम क्याम्पस मै राखेपछि उनीहरु परीक्षााबाट बन्चित हुँदा आन्दोलित भएका हुन् ।
यता क्याम्पस प्रसासनले समेत भुल भएको स्विकार्दै यस विषयमा नियमानुसार कारवाही गर्ने बताएपनि विद्यार्थीहरु भने मानेका छैनन्।