महोत्तरी । भारतसँग सीमा जोडिएको महोत्तरी जिल्लामा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सरकारी सेवा प्राप्त गर्न कोरोनाविरूद्धको खोप लगाएको कार्ड अनिवार्य साथमा राख्नुपर्ने भएको छ।
गृह मन्त्रालयको निर्देशन अनुसार आगामी माघ ७ गतेदेखि सरकारी कार्यालयमा सेवा लिनका लागि पुग्ने नागरिकले अनिवार्य खोपको पूर्ण मात्रा लगाएको खोप कार्ड अनिवार्य साथमा राख्नुपर्ने व्यवस्था गरिएको हूदा उमेर पुगेका सबै नागरीकहरुले अनिवार्य रुपमा खोप लगाउन जिल्ला प्रशासन कार्यालय महोत्तरीले सूचना सबैलाई अनुरोध गरेको छ ।
कोरोनाको जोखिम कम गर्नका लागि २५ जनाभन्दा बढीको सभा,भेला, महोत्सव भेला,र्याली बैठक,गोष्ठी आदी नगर्न नगराउन सार्वजनिकस्थलमा जाँदा, सार्वजनिक यातायात साधनको प्रयोग गर्दा मास्कको प्रयोग अनिवार्य गर्न, भौतिक दूरी कायम लगायतका स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न आह्वान गरिएको छ।
तोकीएको निएम उल्लंघन गरी निर्णयलाई वेवाास्था गरीएमा जिल्ला प्रशासन कायालय ले कानुन बमोजिम कारवाही हुने ब्यहोरा समेत जनाएको छ ।