धनुषा- प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम दुई तिहाइ बढीकाे बहुमतले पारित भएको छ।
राजधानीका लागि प्रदेशसभामा आज भएको मतदानमा उपस्थित ९९ प्रदेश सभा सदसमध्ये ७८ मत परेको छ। जुन दुई तिहाई बढि रहेको छ।
आजकाे प्रदेश सभा बैठकमा जनकपुरधामलाई राजधानी बनाउने प्रस्ताव संयुक्त सात दलले राखेका थिए। उक्त प्रस्तावमा मतदान गरिएको प्रदेश २ प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिनुभयाे।
प्रदेशसभा सांसद परमेश्वर साहले संयुक्त दलको तर्फबाट प्रस्ताव राख्नु भएको थियोे ।प्रदेश सभा सदस्यहरूले गरेकाे ऐतिहासिक सफलताको लागि चाैतर्फी रूपमा बधाई व्यक्त गरिदैछ।