
दुबई –मधेसी एकता समाज युएईको आयोजनामा दुबईको अल–सफापार्कमा मुस्लिम धर्मालम्बीहरुको रमजान पर्वको “बृहत्त इफ्तार कार्यक्रम“ सम्पन्न भयो ।
मधेसी एकता समाज युएई संस्थाको स्थापनाकालदेखि नै मधेशका विभिन्न संस्कृतिहरुलाई समेट्दै आएको संस्था हो, जुन हरेक वर्ष मधेश (नेपाल) मा मनाईने होली तथा रमजानको इफ्तार कार्यक्रम गर्दै आईरहेको छ । कार्यक्रममा मधेसी एकता समाज युएई तथा नेपली जमुस्लिम सोसाइटी, युएई दुवै संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो ।

मधेसी एकता समाज युएई संस्थाका अध्यक्ष कृष्णा ठाकुरले आमन्त्रित सबै सदस्यहरुलाई संस्थाको निमंत्रणालाई स्वीकार्दै यस इफ्तार कार्यक्रममा पाल्नु हुने नेप्लिज मुस्लिम सोसाइटीका सम्पुर्ण पदाधिकारीलाई मधेसी एकता समाजले आभार ब्यक्त गर्यो ।
नेपालमा जसरी धर्मको नाममा विभाजित गरिन्छ । सांस्कृतिक बिकृति छ त्यसलाई चिर्न र एक उदाहरणियता पेश गर्न बिदेशबाट नेपालीले सधै अहम भुमिका निर्बाह गर्दै आएको बताउँदै मधेसी एकता समाज युएई संस्थाका अध्यक्ष कृष्णा ठाकुरले भुन्नुभयो, ‘हामी यहाँ बिबिधतालाई सम्मान गर्दै सम्पुर्ण समुदायहरु मिलेर सगै होलि पर्वसगै दशै र शुभ–दिपावलीदेखि क्रिसमस र रमजानको इफ्तार पनि सगै मनाउदैछौ ।’
संस्थाका संस्थापक तथा बरिष्ठ सल्लाहकार डाक्टर रबिन्द्र यादवले इफ्तार कार्यकर्मलाई सफलताको शुभकामना दिदै यस्ता कार्यक्रमले देश तथा बिदेशमा बसेका मधेशीबीच र समाजमा आपसी मेलमिलाप, भाइचारा तथा शौहार्द्पूर्ण वातावरणको सृजना गर्ने बताउनुभयो ।
यसै क्रममा नेपली जमुस्लिम सोसाइटीका अध्यक्ष नौमान सिद्दिकीले दुवै संस्थाका सदस्यहरुलाई धन्यवाद दिदै, मधेशी (नेपाली) विश्वको कुनै पनि कुनामा बस्दा एक आपसमा भावनात्मक रुपले जोडिएका हुन्छ, जुन एउटा सरल र शिक्षित समाजको पहिचान तथा मूल मर्म रहेको बताउनुभयो । ‘हामी विदेशमा भएर पनि यसरी एक साथ बसेर इफ्तार गर्यौ ंजुन आफैंमा सकारात्मक संदेश हो । यो दुवै संस्थाले सुरुदेखि नै एकअर्कालाई हरेक कार्यक्रममा सहकार्य गर्दै आएका छन् ।’

शुभकामना संदेशकै क्रममा दुवै संस्थाका सदस्यहरु सुधिर सिंह, लालबाबु सिंह, अनिल साह, तनवीर आलम, शाहनवाज अख्तर, फैशल हुसैन, राम साह, भोला पासवान, सगीर साफी, धर्मेन्द्र गोहिबार, राकेश तिवारी, रोशन देव आदि सबैजनाले यस इफ्तार कार्यक्रमको धन्यवाद दिदै आगामी दिनहरुमा यसरी नै एकजुट भई सबैले एक अर्काको सम्मान गदै देशको विकास तथा असल समाजको लागी अगाडी आउनु पर्ने धारणा राख्नुभयो ।