भैरहवा- बुद्धजन्मस्थल लुम्बिनीबाट १२५० जना श्रामणेर भिक्षुहरुको धम्मयात्रा शनिबारदेखि शुरु भएको छ ।




मायादेवी मन्दिरबाट श्रामणेरहरुले धम्मयात्रा शुरु गरेका हुन् । यात्रा शनिबार लुम्बिनी वाट भैरहवा आईपुग्को र आईतबार रामग्राममा दुई दिनसम्म हुनेछ ।

श्रामणेरलाई लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई,सदस्य सचिव सानुराजा शाक्य, कार्यकारिणी सदस्य विश्वराज पौडेल, बरिष्ठ निर्देशक ज्ञानिन राई, सूचना तथा जनसम्पर्क अधिकृत डा । हरिध्वज राईले मायादेवी मन्दिर परिसरमा पुष्प अर्पण गरी यात्रा शुरुवात गराएका हुन् ।










