
दिपेश मल्लिक
पूर्व उपप्रधान तथा गृहमन्त्री विलेन्द्र निधिले नेपाली कांग्रेस विपक्षमा रहेर देश र जनताको लागि काम गर्ने बताएका छन् ।
महिला सशक्तिकरण तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रममा आज प्रमुख अतिथिको आसनवाट बोल्दै नेता निधिले अहिलेको गठनबन्धन संघिय प्रणालि, देश र लोकतन्त्रको हितमा नरहेको दावी गरे ।
नेपालि कांग्रेसका पूर्व उपसभापति रहेका नेता निधिले एक वर्ष पछि मन्त्री गठबन्धन क्रममा सहमित जुटन नसकेपछि सक्ता गठवन्धन टुटेको ध्यानाकर्ष गराए ।
उनले महिला सशक्तिकरण कार्यक्रमलाई लक्षित गरि उनले राजनिति वा परिवारिक जीवनमा महिला र पुरुष दुईटैको पाङ्ग्रा बराबर हुनुपर्ने धारणा राखे ।
पुरुष सरह महिलाको नेतृत्व विकास होस् र प्रधानमन्त्री होस् भनि उनले कामना गरे ।
नेपाल महिला संघकी पूर्व केन्द्रिय अध्यक्ष एवं प्रमुख प्रशिक्षक डा. डिला संग्रौलाले पुरुष जस्तै देशको बागडोर महिलाले सम्हाल्नु पर्छ भनि धारणा राखिन् ।
उनिले कार्यक्रममा सहभागिहरुलाई महिलाको सशक्तिकरण र नेतृत्व विकास सम्बन्धि प्रशिक्षण दिई नेपाली कांग्रेस पार्टिको मुल्य मान्यता र संरचनाको बारेमा पनि सशक्त बनाउने जोड दिईन् ।
नेपाली कांग्रेस धनुषाका उपसभापति गणेश झाको अध्यक्षता भएको कार्यक्रममा जनकपुरधाम उपनगरपालिका मेयर मनोज कुमार साह, डा. कृष्ण पौडेल, नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियार, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य मिनाक्षी झा, नेपाल महिला संघ धनुषाकी अध्यक्ष तुल्सा आचार्य लगायतको उपस्थिति रहेका थिए ।