
जनकपुरधाम- धनुषा नेपाली कांग्रेसको सभापतिको मंगलवार राती भएको गणनामा कुनै उम्मेदवारको मत ५१ प्रतिशत नपुगेपछि निर्वाचन दोस्रो चरणमा गएको छ । पहिलो चरणको मत मरिणाममा संस्थापन इतर समूहका सभापति उम्मेदवार योगेन्द्र पजियार १२४८ मत ल्याउदै अग्र स्थानमा रहेका छन् ।
धनुषाको कांग्रेसको सभापती तर्फ कुल खसेको मत ३११९ को गणना गर्दा संस्थापन इतर पक्षका याेगेन्द्र पजियारको अग्रता निरन्तर कायम राखेको छ । मत गणनाको सुरुवातमा संस्थापन पक्षका सन्तोष यादवले अग्रता लिएका थिए भने पछिल्लाे मतगणनाबाट पजियारले अग्रता लिंदै गए। कुल मतपरिणाम अनुसार सभापतीका उम्मेदवारहरु योगेन्द्र पजियार १२४८, संतोष यादव ८८२ र दिनेश प्रशौला ६३० मत प्राप्त गरेका छन् । बदर मत १५८ रहेको छ ।
निर्वाचन अधिकृत अरुण ज्ञवालीले दिएको जानकारी अनुसार पहिलाे र दोश्रो स्थान सफल उम्मेदवार द्वय क्रमश: योगेन्द्र पजियार र सन्तोष यादव बीच दोश्रो चरणको निर्वान फागुन २६ गते विहान ८ बजे देखि हुने छ।
कांग्रेस धनुषाको नेतृत्वका लागि सोमबार अबेर राती सम्पन्न मतदानको मतगणना मंगलावर दिउँसो दुई बजेर ३५ मिनेट देखि शुरु भई राती १२ सम्पन्न भएको थियो।
धनुषा कांग्रेसको जिल्ला अधिवेशनमा तिन हजार एक सय ७३ कुल मतदाता रहेकामा सोमवार दुई हजार ९ सय १२ जनाले मतदान गरेका थिए । मतदानमा २ सय ६१ जना अनुपस्थित रहेका थिए।