जनकपुरधामका। जनकपुरधामका युवाहरूकाे एक समूहले प्रदेश २ को नाम मधेश प्रदेश ताेकिएकाे विरोधमा प्रदेशसभा सदस्यहरुको पुतला जलाएका छन्।
सुशील कर्णकाे नेतृत्वमा रहेका युवाहरूकाे समुहले मात्र ८ जिल्लाको प्रदेशलाई मधेश नामाकरण गरिएकोमा आपत्ति जनाउँदै विरोध गरेका हुन्।
उनिहरूहरुले ८ जिल्लाको प्रदेशलाई मात्र मधेश प्रदेश नमान्ने चेतावनी दिदै प्रदेश सभासदस्यहरूकाे पुतला दहन गरेका हुन्।साे क्रममा युवाहरुले प्रदेश सांसद मुर्दावाद, ८ जिल्लालाई मात्रै मधेश प्रदेश मान्दैनौँ, पहिचान सहितको मिथिला भोजपुरा प्रदेश नामाकरण गर लगायतका नाराहरु लगाएका थिए।
विराेधकाे अगुवाई गर्दै गरेका सुशील कर्णले यो ८ जिल्लाको पहिचान मिथिला भोजपुरा रहेकाले नामाकरण पनि सोही आधारमा हुनुपर्ने माग गरे। उनले भने, ‘यो ८ जिल्ला मात्रै मधेश होइन ।२२ जिल्लासहित मधेश प्रदेश नामाकरण गरे हामीलाई स्वीकार छ, नभए यहाँको पहिचान सहित मिथिला भोजपुरा नामाकरण हुनुपर्छ।’प्रदेशको नामाकरणको सवालमा पुनर्विचार नभए यो संघर्ष निरन्तर जारी रहने उनको भनाइ रहेको छ।
फोटो:घनश्याम मिश्र/जनकपुर