
महोत्तरी - नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल बर्दिवास नगरपालिका–२ को वडा भेला मंगलवार सम्पन्न भएको छ। चोलाराज प्याकुरेल (अभिराम)को अध्यक्षतामा आयोजित भेलामा केन्द्रिय सदस्य तथा नेपाल तरुण दल महोत्तरीका सभापति विनय कुमार यादव प्रमुख अतिथि थिए।
भेलाले १३ सदस्यीय वडा समिति गठन गरेको छ। जसअनुसार राम कुमार भुजेललाई वडा सभापति चयन गरिएको छ। उपसभापतिमा लिक बहादुर श्रेष्ठ, सचिवमा सन्तोष कुमार श्रेष्ठ, सह–सचिवहरूमा मुकेश ठाकुर र रेवती कुमारी मुखिया चयन भएका छन्। सदस्यहरूमा राजनारायण मुखिया, रुद्र बहादुर पूर्वछाने, गंगा चौधरीलगायत रहेका छन्।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि यादवले संगठन विस्तारका क्रममा विधानअनुसार अगाडि बढ्नुपर्ने बताए। उनले युवाहरूको सक्रियता र सहभागिताले संगठनलाई बलियो बनाउने धारणा राखे।
यसै भेलाबाट ३ सदस्यीय अधिवेशन प्रतिनिधि समेत चयन गरिएको छ। जसमा चोलाराज प्याकुरेल (अभिराम), गंगा चौधरी र रिंकु कुमारी कर्ण चयन भएको नेपाल तरुण दल महोत्तरीका सचिव बिन्देश्वर साहले जानकारी दिए।
यस भेलालाई संगठन सुदृढीकरण र नेतृत्व विकासको महत्वपूर्ण कदमको रूपमा लिइएको छ।