महोत्तरी- गौशाला नगरपालिकामा नवनिर्मित दुई वटा आधारभुत स्वास्थ्य चौकीको उदघाटन गरिएको छ ।
वुधबार एक समारोहका बीच गौशाला नगरपालिका ५ र ७ मा नवनिर्मित आधारभुत स्वास्थ्य चौकी भवनको नगर प्रमुख शिवनाथ महतोले उदघाटन गरेका हुन् ।
गौशाला नगरपालिका ५ स्थित श्री राम आधारभुत विद्यालयको प्रांगणमा निर्मित आधारभुत स्वास्थ्य चौकी र गौशाला नगरपालिका ७ स्थित जमुनियाँमा निर्मित आधारभुत स्वास्थ्य चौकीको नगरप्रमुख महतोले उदघाटन गरेका हुन्।
उदघाटन समारोहलाई सम्बाेधन गर्दै नगर प्रमुख महतोले जनमुखि स्वास्थ्य स्थानिय स्तरमा पुर्याउनका लागि नगरपालिकाले स्वास्थ्य चौकीको निर्माण गरेको बताए ।
उनले भने, 'यस स्वास्थ्य चौकी मार्फत सर्वसधारणले प्राथामिक उपचार लिन सहज हुनेछ । कोभिडको महामारीको समयमा नगरवासीलाई सुलभ र सरल रुपमा उपचार सेवा प्रदान गर्नका नगरपालिकाले कुनै कसर बाँकी राख्ने छैन ।
नगरपालिकाको कार्यालयले नियमित रुपमा अनुगमन र निगरानी गरि चुस्त दुरुस्त सेवा प्रदान गरिनेछ ।' अव साविकको वडा वडामा गई खोप केन्द्र स्थापना गरि कोभिड विरुद्धको खोप प्रदान गरिने नगरप्रमुख महतोले बताए ।
विना भ्याक्सिनको सेवा सुविधा प्रदान नहुने नितीलाई अवलम्वन गर्नका लागि सो अनुरुप खोप कार्यक्रम संचालन गर्न लागिएको नगरप्रमुख महतोले धारणा राखे।
नव निर्मित भवन उद्घाटन कार्यक्रममा नगर उपप्रमुख आशा लामा, प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रजंग थापा, नगर प्रवक्ता भोजवहादुर दर्लामी, वडाअध्यक्ष धर्मेन्द्र साह, किशुनदेव कुमर लगायतका राजनितीककर्मी, स्वास्थ्यकर्मी, नागरिक समाजको सहभागी रहेको थियो ।