
जनकपुरधाम - पञ्चायती व्यवस्था खारेज भएको बर्षौ भएपनि धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित पँचायतमा एक पीडित झण्डै कुटिएका छन् ।
क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ८ दिगम्बरपुरस्थित भएको दुई पक्षीय झगडा मिलाउनको लागि स्थानीय केही पँचहरुले उल्टै पीडितमाथि कुटपिटको प्रयास गरेको आरोप लगाएको छ ।
अहिले पञ्चायत गैर कानुनी रहेको छ । समाजमै गरिने पञ्चायतलाई कानुनले गैर कानुनी मानेको छ । समान्य झै झगडालाई गाउँमै दुई पक्षीबच मिलेर छलफल गर्न समान्य भएपनि सो पँचायतमा पँचहरुको कुरा नमानेपछि पीडित झण्डै कुटिएको खबर बाहिरिएको छ ।
क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ८ दिगम्वरपर बस्ने जय कुमार महतो आफनो घर बनाउने क्रममा शाखा बाटोमा ढुङ्गा राखेका थिए । छेउमै खेत रहेको सनफुल महतोको छोरा राम कुमार महतो आफुलाई खेतमा जान अप्ठयारो भइरहेको भन्दै गाली गलौज गर्न थालेपछि विवाद बढेको बताईएको छ ।
समान्य भनाभनकै क्रममा जय कुमार महतोको नाकमा हानेपछि समान्य घाईते भए । नाकबाट रगत आएपछि आक्रोसित जयकुमारले नाकमा हान्ने स्थानीय रामकुमारले मोटरसाईकल छाडेर भागेका थिए । आक्रोस पोख्न जयकुमारले रामकुमारको मोटरसाईकललाई खसाईदिए । मोटरसाईकलमा समान्य क्षति भयो ।
जयकुमारको संवेदनशिल अँगमध्येको नामकै चोट लागेपछि उनी चिन्तित भए । चिकित्सकसँग उपचारपछि घर फर्केका उनीमाथि पँचायत बस्यो । दुवै पक्षका व्यक्तिहरु समान्य झगडा गाउँमै मिलाउने भनेर जयकुमारलाई बोलाएको स्थानीयहरु बताउँछन् ।
पञ्चायतमा उल्टै जयकुमारलाई आर्थिक भार दिएपछि उनले पञ्चायतको कुरा मान्न तयार भएन् । नाकमा हानेका आरोपित रामकुमारले उल्टै जयकुमारमाथि सुन हराइदिएको आरोप लगाए । दुईआनाको सुन हराएको भन्दै आरोप लगाए । यद्यपी, गाउँमा झै झगडा हुँदा गहना हराउने बहाना पुरानो भईसकेको छ ।
“गाउँको झैझगडा गाउँमै मिलाउनु पर्छ भन्दै गाउँकै एक दुई जनाका सुझाब अनुसार म घटनाको तिन दिन पछि गाउँकै व्यक्तिहरुको रोहबरमा बसेका थिए तर उल्टै आफूले कुटाई खाएको बिना प्रमाणित झुठफुसको सुन हराएको बहानामा पिडित मलाई नै दुई अना सुनको पैसा तिर्नुपर्छ भन्दै झन पिडा थपिएको थियो ।” उनले भने –“उनीहरुको निर्णय माथी आफूले प्रश्न गर्दै गर्दा पुन्ह बिपक्षी र उपस्थित केही व्यक्तिहरुले आफू र आफना भाई माथी कुटपिटको प्रयास गर्न थालेपछि उनिहरुको निर्णय जस्ताको त्यस्तै मान्ने तयार भए ।”
साथै आफु गाउँमा असुरक्षित रहेको भन्दै ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा निवेदन दिएको बताए ।
यस सन्दर्भमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका ईन्चार्ज ईन्सपेक्टर सोनु कुमार साहले निवेदन आए सो उपर कारवाही थाल्ने बताए । उनले पीडितलाई स्वास्थ्य परीक्षणपछि कारवाही प्रक्रिया अगाडी बढाउने बताए । - न्यूज ब्यूरो