
औरही (महोत्तरी)- नेपाली काँग्रेस महोत्तरीका सभापति महेन्द्र कुमार रायले औरही नगरपालिकालाई भवन बनाउनकाे लागि १४ कट्ठा जग्गा दान गरेका छन् ।

औरही नगरपालिका ८ टिम्किया र श्रीपुर जाने बाटाे पर्ने कित्ता नम्बर ७७२ बाट १४ कट्ठा जग्गा दान गरेको काँग्रेस नेता रायले जनाए । अहिलेकाे चलनचल्ती अनुसार उक्त जग्गाकाे मुल्यांकन करिब ५६ लाख बराबर गरेकाे बताइएको छ ।
औरही नगपालिकाका प्रमुख सुनिल यादवले रायले नगरपालिकालाई निशुल्क उपलब्ध गराएको जग्गाकाे आज मंगलवार जिल्ला मालपोत कार्यालय जलेश्वर गई नगरपालिकाकाे नाममा जग्गा रजिष्ट्रेशन समेत पास भइसकेको जानकारी दिए।
रायले उपलब्ध गराएको जग्गामा नगरपालिकाले सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने सोच बनाएको नगरप्रमुख यादवले जनाए । उनले यद्यपी नगरपालिकाकाे आफ्नै भवनको समेत अभाव रहेकोले नगरपालिकाकाे कार्यालय भवन बनाउने कि अस्पताल नगरकार्यपालिकाले स्थानीयवासीकाे सल्लाह सुझाव पछि तय गर्ने बताए ।
