जनकपुर - यहि माघ १२ मा हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागि मधेश प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच गठबन्धन भएको छ।
लाेसपा र एकालेले आज बिहीबार जनकपुरधामकाे शुभम हाटेलमा पत्रकार सम्मेलनकाे आयाेजना गरेर मधेश प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि गठबन्धन घोषणा गरेका हुन्।
गठबन्धन घोषणा कार्यक्रममा एमाले सचिव रघुवीर महासेठ र पोलिटब्युरो सदस्यद्वय जुली महतो र लीलानाथ श्रेष्ठकाे उपस्थिति रहेको थियोे भने लोसपाकाे मधेश प्रदेश संसदीय दलका नेता र प्रदेश कमिटी अध्यक्ष जितेन्द्र सोनल र प्रमुख सचेतक परमेश्वर साहकाे उपस्थिति रहेको थियोे ।
मधेश प्रदेशबाट शशिकला दाहाल र सुमनराज प्याकुरेलको कार्यकाल आगामी फागुन २० गते सकिँदैछ। मधेश प्रदेशमा एमालेबाट विना देवी र पर्साका उसमान अन्सारीले उम्मेदवारी दिएका थिए।त्यस्तै लोसपाबाट महोत्तरीकी रुपाकुमारी यादवको उम्मेदवारी परेको थियो।
अहिले गठबन्धनपछि एमालेकी विनादेवीले उम्मेदवारी फिर्ता लिएकी छन्। अब एमालेबाट अन्यतर्फ उसमान अन्सारी र लोसपाबाट महिलातर्फ रिता यादवको उम्मेदवारी कायम भएको छ।
त्यस्तै सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उर्मिला अर्याल, जनता समाजवादीका महमद खालिदको उम्मेदवारी परेको छ।
यो प्रदेशमा १ सय ४ प्रदेशसभा सदस्य छन्। जसमा जसपा ३९, लोसपा १६, एमाले ८, कांग्रेस १९, एकीकृत समाजवादी १३, माओवादी ८ र नेपाल संघीय समाजवादी पार्टी १ छन्।
मधेसमा प्रदेश सभा सदस्यको मतभार अनुसार एमालेसँग मात्रै ३ सय ८४ मात्र छ। यहाँ गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख २ सय ६८ जना छन्। जसअनुसार प्रदेश २ मा कुल मतभार ९ हजार ८ सय १६ छ।