
महोत्तरी - महोत्तरीका क्षयरोगी बिरामीलाई पोषण सामाग्री वितरण गर्न सुरु गरिएको छ। महोत्तरीका क्षयरोगी बिरामीहरुलाई भोको पेट औषधी खानु नपर्ने अवस्था अन्त्य गर्दै उपचार अवधिभर पोषण सामाग्री वितरण बिराट नेपाल मेडिकल ट्रष्टले BNMT UK र SABITRI BASNYAT found for TB को आर्थिक सहयोग NOURISH TB II Project अन्तरगत यस जिल्लाको औरही नगरपालिका,बलवा नगरपालिका,रामगोपालपुर नगरपालिका,गौशाला नगरपालिका र सोनमा गाउपालिका अन्तरगत उपचारमा रहेको क्षयरोगी बिरामीलाई विगतका वर्षझैँ यस वर्ष पनि पोषण सामाग्री वितरण गर्न सुरु गरेको हो ।
यो कार्यक्रम नगरपालिका र बि.एन.एम.टी नेपाल बिचको दुईपक्षिय सम्झौतामा संचालन भईरहेको छ । जसअन्तर्गत औरही नगरपालिकाले २० जना, बलवा नगरपालिकाले १० जना, गौशाला नगरपालिकाले २० जना, रामगोपालपुर नगरपालिकाले १० जना र सोनमा गाउपालिकाले १० जना क्षयरोगी बिरामीहरुलाई आफनो आन्तरीक पालिकाको आर्थिक सहयोगवाट र जम्मा ५० जना क्षयरोगी बिरामीहरुलाई सोही अनुरुप बि.एन.एम.टी.नेपालले BNMT UK र SABITRI BASNYAT found for TB को आर्थिक सहयोगमा पोषक खानेकुरा र सामाग्री वितरण गर्ने कार्यक्रम रहेको छ ।

बि. एन. एम. टी नेपाल महोत्तरीका जिल्ला कार्याक्रम संयोजक डा.मनोज कुमार साहका अनुसार १२० जना बिरामीलाई उपचार अबधी ६ महिना सम्म यसरी सामग्री वितरण गरिने जानकारी दिनुभयो । सामाग्री पाउने बिरामी २०८१ कार्तिक महिना यता पहिचान भएका हुनुपर्ने रहेको छ। बिरामीहरुको पोषण अवस्थामा सुधार ल्याउने उद्देश्यले पोषण सामाग्री वितरण गरिएको डा. साहले बताउनुभयो ।
पोषण सामग्री अन्तर्गत बिरामीलाई चामल २५ कि.लो., दाल १ कि.लो., तेल १ लिटर, चना १.५ कि.लो., आटा १ कि.लो. मांसहारी भए अण्डा १ क्यारेट र साकाहारी भए सोयाबीन १ कि.लो. को प्याकेज तयार गरि महिनामा एक पटकका दरले ६ महिनासम्म उक्त सामाग्री वितरण गरिने उहाँले जानकारी दिनु भयो । यस्तै ५ वर्ष मुनिका बालबालिका बिरामी सँग भएको भए २ प्याकेट सर्वोत्तम पिठो (लिटो) समेत दिने गरिएको जानकारी गराउनु भयो ।

गरीब, विपन्न, जेष्ठ नागरिक, विद्यार्थी, गर्भवती, सुत्केरी, बेरोजगार र बसाईसराई गरि आएका बिरामीलाई प्राथमिकतामा राखेर पोषण सामाग्री बाँड्ने गरिएको छ । अहिले सम्म कार्तिक देखि पुष महिना सम्म ८० जनालाई क्षयरोगी बिरामीहरु जस मध्ये ४३ जना औरहीमा ६ जना, बलवा नगरपालिकामा १० जना, गौशाला नगरपालिकामा १० जना, रामगोपालपुर नगरपालिकामा ८ जना र सोनमा गाउपालिकामा ८ जना छनौटमा परेको र सो बिरामीलाई पहिलो चरणमा बि.एन.एम.टी. नेपालले BNMT UK र SABITRI BASNYAT found for TB मा पोषक खानेकुरा र सामाग्री वितरण गरेको र ६ पटक वितरणको क्रममा छन् ।
मंगलवार औरही नगरपालिका,बलवा नगरपालिका र रामगोपालपुर नगरपालिका अर्न्तगत को सबै स्वास्थ्य संस्था अर्न्तगतका उपचारमा रहेको १०, ६ र ८ जना बिरामीलाई नगरप्रमुख, स्वास्थ्य कार्यालय प्रमुख, जिल्लाको क्षयकुष्ठ फोकल पर्सन तथा स्वास्थ्य शाखा प्रमुखको हातवाट पोषण सामाग्री वितरण गरिएको छ । त्यसक्रममा औरही नगरपालिका नगरप्रमुख प्रदिप कुमार खड्का,रामगोपालपुर नगरपालिका नगर प्रमुख राम दुलार साह र स्वास्थ्य कार्यलय प्रमुखले बि.एन.एम. टी. नेपालले टि.बि. निदान, उपचार र न्यूनीकरणमा उचस्तरीय काम र सहयोग गर्दै आएको बताउनुभयो ।
यस्ता कार्यक्रमले बिरामीहरुको जिबन बचाउन र उपचार निकोदर बढाउन निकै महत्वपूर्ण भुमिका खेल्ने र यस्तै किसिमको कार्यक्रम नगरपालिकाले नियमित संचालन र निरन्तरता दिने औरहीका नगर प्रमुख खड्काले बताउनुभयाे । उहाँले यस उपरान्त कुनै पनि टि.बि. बिरामी भोको पेट औषधी खानु अवस्था नहुने बताउनुभयाे।