महोत्तरी – बर्दिवास नगरपालि स्थित एक पसलमा दिपावलीको राति आगलागी हुँदा लाखौँको मूल्य बरावरको क्षति भएको छ । बर्दिवास नगरपालिका-५ स्थित सुदूरउत्तरी भेगमा पर्ने ढुङग्रे गढन्ताको एक पसलमा लक्ष्मीपूजाको राति आगलागी हुँदा लाखौँको मूल्य बरावरको मालसामान जलेर नष्ट भएको छ । इलाका प्रहरी कार्यालय बर्दिवासका अनुसार स्थानीय नीरबहादुर भन्ने डम्वरबहादुर थापा मगरको एकतले घरमा सोही ठाउँका मोहन यादवले सञ्चालन गर्दैआएको पसलमा आगो लाग्दा १५ लाख रुपियाँ बराबरको क्षति भएको छ ।
आगोले ७ लाख मूल्य बरावरको घर र सो घरको पसलमा रहेका किराना, कस्मेटिक, खाधान्न, जुत्ताचप्पल लगायतका गरी करिब ८ लाख मूल्यका सामानहरु जलेको इलाका प्रहरी बर्दीवासका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले बताए। आगलागीबाट भएभरका सबै सामान जलेर नष्ट भएकाे छ । खाने वस्ने , लत्ताकपडा सबै जलेर नष्ट भए पछि परिवार नै बिच्चलीमा परेका छन् । पीडित पसले यादवकी श्रीमती रविता देवीकाअनुसार आगोले पसलमा रहेको फ्रिज, रेडिमेड र थानका कपडाहरु, कस्मेटिक, खाधान्न लगायतका सामान जलेको छ । थापाको घरमा यादवले २ वर्षदेखि पसल गर्दै आएका थिए । पसलमा विधुत तार सर्ट भई आगो लागेको बताइएको छ ।



साँझ ७ बजेतिर सुरु भएको आगो बर्दीवासबाट पुगेको वारुण यन्त्र, प्रहरी र गाउँलेको सहयोगबाट साँझ साढे ८ बजेतिर मात्र आगो नियन्त्रणमा आएको बर्दीवास प्रहरीले जनाएको छ । घटनास्थल बर्दीबासदेखि करिव १० किमी पश्चिमउत्तरमा पर्छ । त्यसैगरी सर्लाहीको धनगढामा लक्ष्मीपूजाका लागि बालेको मैनबत्तीबाट दुई लाख बढी मूल्यकाे धनमाल जलेर नष्ट भएको छ । प्रहरीका अनुसार जिल्लाको दक्षिण – पश्चिमी क्षेत्रमा पर्ने धनकौल गाउँपालिका-४, धनगडामा स्थानीय जितु रायको काठले बनेको २ लते घरको माथिल्लो तल्लाको पुजा गर्ने कोठामा मैन बत्तीबाट आगो सल्किदा दुई लाख पचास हजार बराबरको क्षति भएको हो ।
आगलागीबाट कोठा भित्र रहेको काठको दराज थान–१, टिभी थान –१, लताकपडा,सुनचाँदी, लगायत अन्य सरसामान गरि दुई लाख पचास हजारबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । सर्लाहीका प्रहरी प्रवक्ता एवम् (डिएसपी) दिपक श्रेष्ठका अनुसार स्थानीयकाे सहयोगमा आगाे निभाइएकाले मानवीय क्षेति भने हुनपाएन ।




