महोत्तरी- महोत्तरीमा विगत पाँच दिनमा महोत्तरी जिल्लाका विभिन्न स्थानबाट स्रोत नखुलेको ५० लाख सहित पाँच जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले विगत पाँच दिनमा स्रोत नखुलेको ४६ लाख चार हजार २०० र १५ लाख ३६ हजार बराबरको चेक, दुई हजार जाली नोट र करिब तीन लाख नक्कली नोट बनाउने कागजसहित पाँच जनालाई पक्राउ गरिएको जानकारी दिए।
नगरपालिका-८ स्थित नेपाल भारत दशगजा क्षेत्रबाट मटिहानी नपा-३ बस्ने २३ वर्षीय सहाउद्दिन राईनलाई स्रोत नखुलेको ३० लाखसहित पक्राउ गरेको थियो।
त्यस्तै, सोही दिन जलेश्वर नपा-३ स्थित जिल्लाको मुख्य भन्सार कार्यालय जलेश्वर अगाडि भारतबाट आएका धनुषा जिल्लाको जनकपुर उमनपा-६ बस्ने २६ वर्षीय मोहम्मद जाहिर रेजा र लक्ष्मिनियाँ गापा-१ बस्ने २३ वर्षीय असरफ मोहम्मदलाई चार हजार २०० र करिब तीन लाख बराबरको ५०० र १०० का नक्कली नोट बनाउने काजगसहित प्रहरीले पक्राउ गरेको थियो।




