काठमाडौं – सरकारले तत्कालिन केपी शर्मा ओली सरकारले ल्याएको बजेटको आकार प्रतिस्थापन विधेयक मार्फत घटाएको छ।
अर्थमन्त्री जनार्दन शर्माले नेकपा एमालेका सांसदको नारावाजी र अवरोधका बीच १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बजेट प्रस्तुत गरेका छन्। अध्यादेशमार्फत प्रस्तुत भएको बजेटको तुलनामा १६ अर्ब ७४ करोड रूपैयाँले बजेटको आकार घटाइएको छ। यसअघि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट प्रस्तुत गरिएको थियो।



विधेयककाे पूर्णपाठ
[pdf-embedder url=”https://shirishnews.com/wp-content/uploads/2021/09/प्रतिस्थापन-विधेयक-Final-Press.pdf” title=”प्रतिस्थापन विधेयक Final – Press”]




