काठमाडौँ - जनता समाजवादी पार्टी नेपालले सिके राउत नेतृत्वको जनमत पार्टीले गर्दै आएको अपराधिक एवं गैर राजनीतिक क्रियाकलापलाई नियन्त्रण गर्नका लागि सरकारसँग माग गरेको छ ।
माघ ५ गते बलिदानी दिवसको अवसरमा जसपाका भातृ संगठन समाजवादी युवा संघले आयोजना गरेको कार्यक्रममा भाग लिनका लागि जसपाका कार्यकारिणी सदस्य तथा भौतिक पूर्वाधार मन्त्री रेणु यादव रौतहट पुग्नु भएको थियो । कार्यक्रममा सहभागी हुन नदिनका लागि जनमत पार्टीका नेता तथा कार्यकर्ताले रोक्ने प्रयास गरेको जसपाले पार्टीले जनाएको छ ।
जसपाले आज एक विज्ञप्ति जारी गरी बलिदानी दिवसको अवसरमा मन्त्री यादवको प्रमुख आतिथ्यमा समाजवादी युवा संघ, नेपालको आयोजनामा रौतहटमा आयोजित बलिदानी दिवसको कार्यक्रमर्ला जनमत पार्टीका नाममा सो पार्टीका नेता तथा कार्यकर्ताहरु सुनियोजित ढंगबाट लाठी, भाठा, ढुगां आदि लिइ सो क कार्यक्रमलाई अवरोध गर्ने, कार्यक्रम विथोल्ने आतङक मचाउने र हिंसा भडकाउने जस्ता गैर राजनीतिक एवंम् अपराधिक क्रियाकलापमा संलग्न रहेको दावी गरेको छ ।
जसपाले विज्ञप्तिमा भनिएको छ, जसपाको कार्यक्रम तथा यसका कुनै नेता तथा कार्यकर्ता विरुद्ध लक्षित यस्ता पराधिक कार्य अब उपरान्त नगर्न समेत सचेत गराइन्छ । यस्ता अपराधिक एवं गैर राजनीतिक, अराजक, गैर कानुनी, असमाजिक तथा अमर्यादित क्रियाकलापलाई नियन्त्रण गर्न सरकारसँग आग्रह गरिन्छ ।’