सिरहा। सिरहामा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एकजनाको ज्यान गएको छ । अर्का एकजना घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार सिरहाको बिष्णुपुर गाउँपलिका २ गढियाको मुकेश कुमार यादव रहेका छन् भने सोही स्थानका प्रविण यादव घाइते भएका हुन् ।



आइतबार राति सिरहा चोहर्वा सडक खण्ड अन्तर्गत नरहा स्थित सिरहाबाट चोहर्वा तर्फ आउँदै गरेको उखु बोकेको स १ त ७९५ नम्बरको ट्याक्टरलाई पछाडिबाट स ८ प ७१९४ नम्बरको डिस्कोभर मोटरसाइकल अभरेक गर्न खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटना पश्चात भाग्दै गरेको ट्याक्टरलाई स्थानीयले नियन्त्रणमा लिएर नरहा प्रहरीमा बुझाइएक छन् । घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।




