धनुषा- राष्ट्रियसभा निर्वाचन अन्तर्गत मधेस प्रदेशमा महिलातर्फ सत्ता गठबन्धनका उम्मेदवार उर्मिला अर्याल विजयी भएकी छन्।
निर्वाचनको मत परिणाम अनुसार पाँच दलीय गठबन्धनका उम्मेदवार अर्याल विजयी भएकी हुन् ।
नेकपा माओवादी केन्द्रकी अर्याल महिला समूहबाट विजयी भएकी छन् । महिला समूहबाट विजयी भएकी अर्यालले ६ हजार १५६ मतभार ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्दी एमाले–लोसपा गठबन्धनबाट महिलातर्फकी उम्मेदवार रूपाकुमारी यादवले ३ हजार २२८ मतभार ल्याएकी हुन् । त्यस्तै, ४३२ मतभार बदर भएको छ ।
स्थानीय तहको प्रमुख र उपप्रमुखको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ । जसअनुसार स्थानीय तहका ४ हजार ८२४ र प्रदेशसभाका ४ हजार ९९२ गरी कूल ९ हजार ८१६ मतभार रहेको छ ।