जनकपुरधाम। व्यापारिक मार्ग बिस्तार योजना वीरगंज-पथलैया सडक आर्थिक लोभको कारण एकल बोल पत्र प्रतिस्पर्धा बिना नै स्टिमेट बराबरको रकम ठेक्का हुने गरी दाखिला गरिएको भन्दै ठेक्काको बिरुद्धमा अखियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
४ करोड ३० लाखको व्यपारिक मार्ग वीरगंजको पावर हाउस देखि रजत जयन्ती चोक सम्म र रजत जयन्ती चोकदेखि मितेरी पूल सम्मको सडक निर्माण गर्नको लागी सागर र समा निर्माण कम्पनि संगको मिलोमतमा बिना प्रतिस्पर्धा एकल स्वीकृत हुने गरी टेण्डरको आह््वान गरिएको स्थानीय निर्माण व्यवसायीले आरोप लगाउँदै सो ठेक्काको बिरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत अन्य ठाउमा उजुरी गरेको स्थानीय निर्माण व्यवसायीहरुले जनाएका छन् ।
एकल प्रतिस्पर्धीलाई सिमित गराउने र एकै पटकमा ठेक्का स्वीकृत गराउने मनसायले खुलाईएको ठेक्काले राज्यको ढुकुटीबाट ३ करोडको क्षति पुर्याउने बदनियत रहेको उनीहरुको आरोप रहेको छ ।
यस सन्दर्भमा आयोजना प्रमुख मनिस साह संग बुझ्दा उनले टेन्डर परेको तर यसबाट प्रसोधित गरी नियम संगत भएको निर्माण कम्पनीलाई योजना दिने जनाए ।
प्रमुख साहले भने, ‘हामी कहाँ टेण्डरको लागि आएको कागजात र उक्त निर्माण कम्पनीले गरेको आगामी दिनका कार्य विबरण एवं उसको पछिलो रेकर्ड हेरेर दिने छौं ।’ उनले मिलोमतमा टेण्डर भए वा कुनै चलखेल देखिए खारेज गरी पुनः आह््वान गर्ने बताए ।