महोत्तरी : मधेश प्रदेशको महोत्तरीको जनसंख्या ७ लाख १५ हजार नाघेको छ।राष्ट्रिय जनगणना २०७८ अनुसार महोत्तरी जिल्लाको जनसंख्या ७ लाख १५ हजार ४० पुगेको छ।
महोत्तरीको जनसंख्या १० वर्षअघि २०६८ सालमा ६ लाख २७ हजार ५ सय ८० गणना गरिएको थियो।
जसअनुसार ८७ हजार ४ सय ६० जनाले जिल्लाको जनसंख्या बढेको हो।जिल्लाको जनसंख्या वृद्धिदर १ दशमलव ०३ रहेको देखिएको छ। जुन मधेश प्रदेशकै सबैभन्दा कम हो।
यसैगरी जिल्लामा सबैभन्दा बढी जनसंख्या जिल्लाको पश्चिममा रहेको स्थानीय त गौशाला नगरपालिकामा ७३ हजारभन्दा बढी छ। त्यस्तै जलेश्वर नगरपालिकामा ६३ हजार जनसंख्या गणना भएका छन्।
त्यस्तै एकडारा गाउँपालिकामा सबैभन्दा कम (३२ हजार६० ) जनसंख्या रहेका छन्।