जनकपुरधाम- नेकपा एमाले निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियुले आज जनकपुरधाममा विरोध प्रदर्शन गरेको छ ।
अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य वृद्धि र निर्वाचनको मितिको घोषणाको माग गर्दै टायर बालेर प्रदर्शन गरेका छन् ।
जनकपुरधामको शिव चोकमा टायर बालेर गरिएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारी बिच समान्य झडप समेत भएको थियो । उनीहरुले निर्वाचनको मिति घोषणा मिडियामा मात्रै गरेर नहुने र पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ता लिनु पर्ने भन्दै प्रदर्शन गरेका हुन् ।
सरकारले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी साविकको बिक्री मूल्यमा पेट्रोल र डिजल-मट्टीतेल प्रतिलिटर तीन रुपैयाँले वृद्धि गरेको थियो ।