धनुषा : धनुषामा बिहीबार रातिदेखि सुरू भएको हावाहुरीले च्यापिएर २ जनाको बालबालिकाको मृत्यु भएको छ।
हावाहुरीले रूख ढल्दा धनुषामा एक बालक र एक बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
मृत्युु हुनेमा धनुषाको सबैला नगरपालिका—१२ स्थित फकिरचन्द उच्च माविको प्रांगणमा रहेको रूख ढल्दा ८ वर्षीया प्रतिमा कुमारी सदा र ७ वर्षिय अरबन्दी सदाको रहेको धनुषाका एसपी बसन्त रजौरेले जानकारी दिए।
हावाहुरीले अचानक मसालाको रुख ढल्दा दुबै जनाको टाउकोमा चोट लागि घटनास्थलमै मृत्यु भएको एसपी रजौरेले जनाए ।




