गौशाला : महोत्तरीको गौशाला नगरपालिकामा इन्डो–नेपाल फुल कन्ट्रयाक्ट ईन्टरनेशनल कराते प्रतियोगिता को आयोजना हुने भएको छ।
नेपाल आई के.के.एफ कराते संघ मधेश प्रदेश केन्द्र डोजो, महोत्तरीको आयोजनामा हुने उक्त प्रतियोगिता २०७९ वैशाख महिनामा आयोजना हुने के.के.एफ कराते संघका मधेश प्रदेशका अध्यक्ष संजीप चौधरीले जानकारी दिए ।
प्रतियोगिता बारे जानकारी दिन आज गौशलाको रुफटप होटेलमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा नेपालबाट एक सय र छिमेकी राष्ट्र भारतको राजस्थान, मध्य प्रदेश, गोहाठी, नागाल्याण्ड, त्रिरपुरा, आगारा, मुम्बई, गोरखपुर गरी विभिन्न स्थानबाट एक सय जना गरी जम्मा २०० जना खेलाडीहरुको सहभागीता रह्ने जानकारी दिइएको छ। खेलमा सहभागी हुने खेलाडीहरुलाई बर्दिवास स्थित सुविधा सम्पन्न होटलहरुमा बासको व्यवस्था मिलाउने अध्यक्ष चौधरीले जनाए ।
कुलतमा फसेका युवाहरुलाई बढी भन्दा बढी खेलमा सहभागी गराई कुलतबाट बचाउन यस्तो खेलहरुको आयोजना गरी रहने चौधरीले जनाए । प्रतियोगिता संचालन गर्न करिब २० लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगितामा प्रथम हुनेलाई सुनको मेडल, दोस्रो, तेस्रो र चौथो हुनेलाई चाँदीको मेडल , नगद पुरस्कार र प्रमाण(पत्र समेत प्रदान गरिने के।के।एफ कराते संघका मधेश प्रदेशका अध्यक्ष चौधरीले जानकारी दिए ।