काठमाडौं : नेपालमा थप ८ लाख ८२ हजार ८० डोज अस्ट्राजेनेका खोप आइपुगेको छ। कोभ्याक्स अन्तरगत सोमबार बेलायत सरकारले सहयोग गरेको उक्त खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाकाले जनाएको छ।
यसअघि कोभ्याक्स अन्तर्गत फ्रान्स सरकारले ६ लाख ८५ हजार ४०० मात्रा र इटालीले ६ लाख ३३ हजार ६०० मात्रा अस्ट्राजेनेका खोप नेपाल पठाएका थिए।