बलवा,महोत्तरी। महोत्तरीको बलवा नगरपालिका वडा नं ४ पडौल र तिलगडका बाढी पीडितलाई राहत वितरण गरिएको छ ।
महोत्तरी निर्वाचन क्षेत्र न.२ का सांसद एवं पूर्व उर्जा मन्त्री शरत सिंह भण्डारी र निर्वाचन क्षेत्र न २ (ख )प्रदेश सभासद सुरिता साहले व्यक्तिगत खर्चमा बाढी पीडितलाई सहयोग गरेका हुन् ।
बलबा नगरपालिका –४ तिलगडका १२० बाढीपिडितलाई राहत वितरण गरिएको हो। राहत स्वरूप प्रति घर परिवारलाई चामल १० kg ,रहर दाल:१ kg ,खाने तेल १ लि, नमक १ kg आलू ५ kg प्याज २ kg चिउरा २ kg सोयाबिन २०० ग्राम चिनी २५० ग्राम गरी उपलब्ध गराइएको हो ।
साथै अन्य वडा बाट पिडितहरुको नामावली संकलन भइ रहेको लोकतान्त्रिक बिद्यार्थी नेता धिरेन्द्र मण्डलले शिरीष न्युजलाई जनाए । अविरल वर्षाका कारण पडौल र तिलगडमा बाढीले ठूलै क्षति भएको हुँदा राहत वितरण गरिएको हो ।
सो अवसरमा प्रदेश २ का सांसद सुरीता साह, बलवा नगरपालिका उप प्रमुख रिता देवी झा, वडा ४ वडा अध्यक्ष प्रमोद यादव ,वडा ७ का अध्यक्ष रामविजय महतो बिभिन्न पार्टीका नेता कार्यकर्ता लगायत समाज सेवी युवाहरु समेतको लगायत उपस्थित रहेको थियो।