चारदेशीय टी–२० शृंखलाको पहिलो खेलमा नेपाललाई जितका लागि ओमानले १३६ रनको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङ गरेको ओमानले निर्धारित ओभरमा ६ विकेट गुमाएर १३५ रन बनाएको हो ।
ओमानको तर्फबाट कप्तान जिसन मक्सुदले सर्वाधिक ४३ रन बनाएका हुन् । उनले ४१ बलमा ४ चौका र एक छक्का प्रहार गर्दै अविजित ४३ रन बनाएका हुन्। त्यस्तै मोहम्मद नदीमले ३१ र जतिन्द्र सिंहले १३ रन बनाए।
सन्दीप लामिछानेको कप्तानीमा भएको पहिलो खेलमा अविनाश बोहोराले सर्वाधिक तीन विकेट लिएका थिए।
त्यस्तै कमल ऐरी, अरिफ शेख र सन्दीप लामिछानेले एक/एक विकेट लिएका थिए।
सिरिजमा आयोजक ओमानसहित, नेपाल, आयरल्यान्ड र युएई सहभागी छन् ।