ढल्केवर- एमसीसी विरोधमा पूर्व–पश्चिम राजमार्ग बन्द गराउँदै हिडेका नेत्रविक्रम चन्द विप्लब समूहका २१ जना कार्यकर्तालाई इलाका प्रहरी कार्यालय ढल्केवर धनुषाले पक्राउ गरेको छ ।
मिथिला नगरपालिका –१० लालगढस्थित पूर्व–पश्चिम राजमार्गमा एमसीसीको विरोधमा नारा जुलूस लगाउँदै यातायात बन्द गराउँदै हिडेका सो समूहका केन्द्रीय सदस्य देवनारायण साहसहित २१ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा ६ जना महिला र १५ जना पुरुष रहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जानकारी दिएको छ।



धनुषामा बन्दको प्रभाव न्युन परेको छ ।




