काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित पाँच नेताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। तत्कालीन प्रधानमन्त्री ओलीसहित उनको सरकारमा रहेका मन्त्रीहरू ईश्वर पोखरेल, योगेश भट्टराई, पद्मा अर्याल र भानुभक्त ढकालविरुद्ध आयोगमा उजुरी परेको हो।
नेकपा ९एकीकृत समाजवादी०का विद्यार्थीहरूले आज टंगालस्थित आयोगमा पुगेर उजुरी दर्ता गराएका हुन्। झापाको गिरीबन्धु टी स्टेटको नाममा विर्तामोड र अर्जुनधारामा रहेको कबिर ३०० बिघा सट्टापट्टा गर्न पाउने गरी ऐन संशोधन गरी ओली र अर्यालले नीतिगत भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।



यसैगरी कोभिड १९ व्यवस्थापन समन्वय केन्द्रको संयोजकको भूमिकामा रहँदा नेता पोखरेल र पूर्वस्वास्थ्यमन्त्री ढकालले ओम्नी ग्रुपको मिलेमतोमा स्वास्थ्य सामग्री खरीदमा भ्रष्टाचार गरेको आरोप उजुरीमा छ।
यस्तै भिजिट नेपाल २०२० को प्रचारप्रसारमा करोडौं रुपैयाँ अपचलन गरेको आरोप तत्कालीन संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईले गरेको आरोप छ।




