पर्सा। पर्सामा ट्याक्टरको ठक्करबाट एकजनाको ज्यान गएको छ ।
अन्य तीनजना घाइते भएका छन् ।



ज्यान जानेमा दुर्घटनामा सखुवाप्रसौनी गाउँपालिका -६ बस्ने ३५ वर्षीय राजेश राउत कंकर रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी ६१ वर्षीय सकलदेव राउत कंकर, १८ वर्षीय रञ्जन साह तेली र मकवानपुर हेटौंडा बस्ने अन्दाजी २४ वर्षीय राजकुमार तामाङ घाइते भएका छन् ।
उनीहरुको हात, खुट्टा र टाउकोमा चोट लागेको छ ।
तीनै जनाको नारायणी अस्पताल वीरगञ्जमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ




