धनुषा- मधेश प्रदेशमा सन् २०२१ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका ७५८ घटना भएको छ ।
अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले आज नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को सार्वजनिक गर्दै सो तथ्यांक प्रस्तुत गरेकाे छ ।प्रस्तुत तथ्यांक अनुसार अपहरणका घटना २४ ओटा, गिरफ्तारी घटनामा तीन जना, महिला अधिकार उल्लंघनका घटनामा २ सय २८ ओटा , बाल अधिकार उल्लंघनका घटनामा २ सय २३ जना पीडित भएका छन् ।
मधेस प्रदेश कार्यालय जनकपुरको आयोजनामा आज उच्च अदालत जनकपुरधामका न्यायाधीश हरि प्रसाद बगाले गरेका थिए।
पुस्तक सार्वजनिक कार्यक्रमलाई सम्बाेधन गर्दै न्यायाधीश बंगालेले मानव अधिकारको क्षेत्रमा नेपाल सरकारले गर्ने काम भन्दा पनि इन्सेकले गर्दै आएको कामको प्रंशसा गर्दै उनले इन्सेकले मानव अधिकारको विषयलाई सम्बेदनशीलताका दस्तावेजिकरण गर्दै आएकाले आगामी दिनमा समेत यसको निरन्तरताको कामना गरे ।
मधेस प्रदेशमा जातिय छुवाछुत, बोक्सी आरोप, कुटपिटलगायतका घटनामा वृद्धि हुदै गरेकाले यसतर्फ राज्यका निकायहरु गम्भिर हुन जरुरी रहेको बताए ।
उनले राजनितिक नियुक्तीका कारण न्यायलय स्वतन्त्र नभएको बताए । उनले खुल्ला प्रतिस्पर्धाबाट नियुत्त हुने न्यायधिशले गर्ने सुनवाई र राजनितिक दलहरुले आफनो कोटाबाट गरेको नियुक्त न्यायधिशबाट कस्तो प्रकारको न्यायको अपेक्षा गर्ने प्रश्न समेत गरे ।
इन्सेकका मधेस प्रदेश प्रमुख राजु पासमानले प्रदेशको मानव अधिकारको क्षेत्रमा मधेश प्रदेशमा ७५८ ओटा घटना भएको बताए । प्रदेशका प्रमुख सरोकारका विषयहरू, कोभिड १९ को सङ्क्रमण र मानव अधिकारको अवस्था, बाल अधिकार, महिला अधिकार, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार लगायतका विषयमा तथ्याङ्क प्रस्तुत गरेका थिए।
कार्यक्रममा मधेश प्रदेशसभाका सांसद मञ्जु यादव न्यायलय स्वतन्त्र हुन नसकेको बताए । इन्सेकले मानवअधिकारको क्षेत्रमा छाप्ने किताव उत्कृष्ट भएको बताए ।
सशस्त्र प्रहरीको एसएसपी विष्णु प्रसाद भटटले इन्सेकले सार्वजानिक गरेको कितावले मानवअधिकार संरक्षण, सम्वद्र्धनमा सहयोग गर्दै आएको बताए ।
नेपाल वार एशोसिएशन जनकपुरका अध्यक्ष किशोरी साहले न्यून स्रोत साधनका बावजुद पनि मानव अधिकार वर्ष पुस्तक प्रकाशन गरेर राज्यलाई सहयोग गरेकोले पुस्तक एकदमै महत्वपुर्ण रहेको बताए ।
सार्वजनिकीकरण कार्यक्रममा २०२१ मा मानव अधिकार अभिलेख र पैरवीमा प्रदेशमा उत्कृष्ट कार्य गर्ने रौतहट जिल्ला प्रतिनिधि कोपिला तिम्लिसिनालाई पुरस्कृत गरिएको छ ।
न्यायाधीश हरिप्रसाद बंगालेले ट्रफी, सम्मान पत्र प्रदान गर्दै दोसल्ला ओढाएर उनलाई सम्मान गरे । पुरस्कारको राशी ७ हजार रुपियाँ रहेको छ ।